KALIKATIMES.COM

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

वीरगंज । बहुदरमाई नगरपालिकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण, राेकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीकाे भुमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

नगरपालिकाकाे वडा नं. २ पिपरास्थित बहुदरमाई मन्दिर प्राङ्णमा भएकाे कार्यक्रममा काेराेना महामारी राेकथाम तथा नियन्त्रणकाे लागि खटिने स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी र आइसाेलेसन स्थापना भएका विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएकाे नगरपालिकाका लेखापाल हरि राउत कुर्मीले वताए ।

कार्यक्रमका प्रमुख अतिथी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले काेराेना महामारीमा उच्च मनोबलका साथ जनताको जिवधनमा रक्षा गर्ने सबै जना एक सच्चा सिपाहि र देश भक्त रहेकोे बताए । उनले कारोना कहरमा बहुदरमाई नगरपालिकाले देखाएको भुमिकाको प्रसंसा गर्दै बहुदरमाई नगरपालिकाबाट सबैले अनुसरण गर्नु पर्ने बताए ।

कार्यक्रमको बिशिष्ठ अतिथि वडा नं. ०२ का वडाध्यक्ष जितेन्द्र पटेलले आफ्नो नगरपालिकामा स्वास्थ्यकर्मीले आफनो ज्यानको बाजी थापि गरेको कामको प्रसंसा गरे । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दा आफुलाई गर्भभान्वीक महसुस भएकाे वताए । 

काेभिड महामारीकाे समयमा फ्रन्टलाइनमा खटिने नगरपालिकाकाे ७ वटा स्वास्थ्य केन्द्रका ६२ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएकाे थियाे ।

यस्तै, काेभिड १९ राेकथाम तथा नियन्त्रणकाे लागि खटिने नगरपालिकाका कर्मचारी र आइसाेलेसन सेन्टर स्थापना रहेकाे विद्यालयका प्रअहरुलाई समेत सम्मानित गरिएकाे लेखापाल कुर्मीले जानकारी दिए । 

कार्यक्रम मै कोरोना कालमा आयुवेर्दिक औषधीले निकै राम्रो भुमिका खेलेको तथा सो औषधीले आईसोलेसनमा रहेकाहरुका लागि निशुल्क प्रदान गरि सहयोग गर्ने बैध निरक्षक धिरेन्द्र सिंहलाईसमेत सम्मान गरिएको थियाे ।

प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेत, लेखा अधिकृत उपेन्द्र साह, श्री नेरा आधारभुत विद्यालय पिपराका प्रअ विजय साह लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.152 sec. Memory consumption:70 mb
Send this to a friend