14 May 2025
KALIKATIMES.COM

थप २० जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५०७ पुग्याे

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताए ।

कैलालीका १९, २३ र २६ का पुरुष संक्रमितहरु हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

शुक्रबार बिहान पनि ३० जनामा संक्रमण पुष्टि भएको थियो । त्याे सहित आज मात्र ५० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.679 sec. Memory consumption:82.49 mb