14 May 2025
KALIKATIMES.COM

वीरगंजमा कोरोना र ट्राफिक जनचेतना

वीरगंज । भोलन्टियर समूह वीरगंज र वातावरण जिउने आधारको संयुक्त आयोजनामा आज काेरोना भाइरस र ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
हालै विश्व भरी नै माहामारिको रुपमा फैलन गरेको कोरोनो भाइरस र हालै पर्सा जिल्लामा ट्राफिक पनि अव्यवस्थित रहेकोले ट्राफिक जनचेतना कार्यक्रम संचालन गरिएको भाेलन्टियरका संयाेजक राजन श्रीवास्तवले वताए । वीरगंजकाे घण्टाघर देखि माइस्थान सम्म भएकाे कार्यक्रममा युवा, व्यापारी, अभियान्ता, प्रहरीको उपस्थिति रहेकाे थियाे ।
कोरोना भाइरसलाई ध्यानमा राखी घण्टाघर देखि माइस्थान सम्म २/२ मिटर सम्मको दुरिमा ट्राफिक डिभाइडरको रुपमा युवाहरु खडा भई जनचेतना सम्बन्धि प्लेकार्ड बोकि, पर्चा पम्पलेट बितरण गर्नुकाे साथै बाटोमा हिड्ने बटुवाहरुलाई सेनिटाइजरको प्रयोग गराई साबुन पानी वा सेनिटाइजरको प्रयोग नियमित गर्नु पर्ने बारेमा जोड दिदै ट्राफिक नियमको पालना, हेल्मेटको सहि प्रयोग, फुतपाथबाट हिड्ने बारेमा जनचेतना जागाइएकाे भाेलन्टियरका सचिव श्याम सरार्फले वताए ।
भोलेन्टियर समूहका संयाेजक श्रीवास्तवको सभापतित्वमा भएकाे कार्यक्रममा वातावरण: जिउने आधारका केन्द्रिय अध्यक्ष आकाश चौहान, वडा प्रहरी कार्यालयका विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, ट्राफिक प्रहरी निरीक्षक कमलराज पन्डित, बाताबरण: जिउने आधार पर्साका अध्यक्ष सौरभ वर्णवाल, बिनय गुप्ता, अनिसकान्त कुश्वाहा, राज सरार्फ, देवेस मानसेवा, अन्किता कर्ण, प्रभा खडका, आशिष गुप्ता, आकाश कुमार, बिबेक बर्नवाल, दिपु बर्णवाल, रुपक पटेल, वातावरण जिउने आधार पर्साका अध्यक्ष सौरभ वर्णवाल, रोशन पटेल, बिकाश चौहान, गरिमा पाण्डे, प्रभाकर चौरासीया, आयुस वर्णवाल लगायतकाे सहभागीता रहेको थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:208. Generation time:7.571 sec. Memory consumption:82.28 mb