KALIKATIMES.COM

भारतकाे उत्तरप्रदेशमा नेपालका ४ जना सम्मानित

वीरगंज । भारतकाे उत्तरप्रदेश देवरियाकाे मिश्रौलीमा नेपालका ३ जना पत्रकार र एक जना साहित्यकार गरी ४ जना सम्मानित भएका छन् । विश्व भाेजपुरी परिषद, नई दिल्लीकाे आयाेजनामा शनिबार भएकाे भाेजपुरी साहित्य सम्मेलन एवं सम्मान समाराेहमा पर्साका ३ जना भाेजपुरी पत्रकार र बाराका एक जना भाेजपुरी कवि सम्मानित भएका हुन् ।

वीरगंजबाट प्रकाशित भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया कविर दास सम्मान, कार्यकारी सम्पादक श्रवण साह विवेक राय स्मृति सम्मान, फाेटाे पत्रकार शेष मकदूम जहाँ गश्त साहित्य भुषण सम्मान, भाेजपुरी कवि सनी गुप्ता भोजपुरी कवि रतन सम्मानबाट सम्मानित भएका हुन् ।

डा. जनार्धन सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी देवरिया प्रशासनका एडीएम राकेश पटेलले चारै जनालाई फुलकाे माला, गमछा र प्रमाण पत्रले सम्मानित गरेका थिए । भाेजपुरी भाषाकाे संरक्षण एवं विकासकाे लागि पत्रकारिता र साहित्यकाे माध्यमले याेगदान पुर्‍याएकाे भन्दै सम्मानित गरिएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:182. Generation time:3.205 sec. Memory consumption:70 mb
Send this to a friend