14 May 2025
KALIKATIMES.COM

हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा

वीरगन्ज, २४ चैत ।

प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ । राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ । त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

१८ चैतमा आएको विनाशकारी हुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने सयौं प्रभावित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:5.795 sec. Memory consumption:82.5 mb