KALIKATIMES.COM

बिरगंज महानगरपालिका तथा व्यस्थित बिरगंजका अभियानताहरुमा सरोज चौरसियाको आग्रह

बिरगंज महानगरपालिका भित्र बिगत केहि वर्षा देखि सवारी साधनको चाप निकै बढेको देखिन्छ । मुख्य बजार छेत्र भित्रक प्राय जसो मुख्य सडक, सहायक बाटो तथा गल्लीहरुमा सवारी साधानको अत्याधिक चाप बढेको छ । त्यहि बढदो सवारी चापको बिचमा इ रिक्सा तथा अटो रिक्शाहरुले झन् त्यहि व्यस्त सडक तथा गल्ली भित्र पसेर सारा बाटो नै अवरोध गरि स्थानिय ब्यापारी तथा पैदल किनमेल गर्नेहरुको लागि ठुलो चुनौती खडा गरेको देखिन्छ ।

रानीघाट देखि घन्टाघरको बाटो, गौशाल्ला देखि पानमण्डीको बाटो , लिंक रोड देखि मिनाबाज़ार र गहवा २ नं. रोडको बाटो, लोहारपट्टी देखि आदर्शानागारको बाटो लगायतका सहयाक सडकहरुको अवस्था एकदमै दैनिया र जतिखेर पनि जाम भएको हुन्छ । अनि जाम पनि यस्तो कि पैदल यात्रुहरुलाई समेत त्यस सहायक बाटो मार्फत आवत जावत गर्न कठिनाइ हुने गारेको छ ।

यी सबै त सधै भरि देखिने सामान्य समस्याहरु हुन् , हरिबिजोग त तब हुन्छ जब चाड बाडको बेला हुन्छ । मुख्य बजार भित्र जहा पस्यो त्यहि अव्यवस्थित पार्किङ्ग, पैदल हिड्ने गल्लीहरुमा इ रिक्शाको भीड, चार चक्के अन्य सवारीसाधनहरुको भिड, त्यहि बीचमा सडक ब्यापारीहरुको चापले गर्दा स्थानिय बजार पूर्ण रुपले प्रभावित भएको देखिन्छ ।

ई सबै समस्याहरुलाई देख्दा , कहिँ न कहिँ हामी लगायत सरोकार वाला निकायहरुले कमसे कम मेला अथवा चाड बाडको बेला साना तथा स्थानिय सार्वजानिक सवारीहरुको व्यवस्थापन गर्न आवस्यक देखिन्छ । बिरगंजको घण्टाघर देखि गिता मंदिर, माइस्थान, मिना बज़ार, लोहारपट्टी, आदर्शनगर, बजार छेत्र भित्रको मेनरोड लगायतका सहायक सडकहरु भित्र इ रिक्सा, अटो रिक्शा लगायतका सवारीहरूलाइ प्रबेसमा रोक लगाई पैदल हिडी किनमेल गर्ने माहोल बनाउन आवस्यक देखिन्छ ।

यसले चाडबाडको बेला व्यस्त बजार एवं सडकमा सवारी साधनको चाप घट्नेछ र स्थानिय बजार समेत प्रवर्धन हुनेछ । आफ्नो किनमेल सकेपछि व्यस्त बजार बाहिरबाट सवारी साधान मार्फत आफ्नो गन्तब्य तर्फ लग्न सकिने छ ।
यस्ता प्रयासहरु नेपालका थुप्रै सहरहरुमा प्रसस्तै देख्न सकिन्छ ।

सराेज चाैरसिया (नेता, नेवि संंघ )

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

म र तिमीमा फरक

कालिका टाईम्स

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

कालिका टाईम्स

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

शम्भु कुमार सुमन
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.207 sec. Memory consumption:72.16 mb
Send this to a friend