KALIKATIMES.COM

प्रियंका भन्छिन् – ‘मैले सलमानलाई धोका दिएको होइनँ´

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’को लागि सुरुमा नायिका प्रियंका चोपडा पक्का भएकी थिइन् । तर, समय नमिलेपछि प्रियंकाले उक्त चलचित्रमा काम गरिनन् र नायिका कट्रिना कैफले चलचित्रमा काम गरिन् ।

यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । सुटिङ सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रियंकाले चलचित्रमा काम नगर्ने भनेपछि सलमान रिसाएका थिए । प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् ।

सलमानको आरोपमा प्रियंकाले बल्ल जवाफ फर्काएकी छिन् । हाल आफ्नो नयाँ चलचित्र ‘स्काई इज पिंक’को प्रचारमा रहेकी प्रियंकाले सलमानलाई धोका नदिएको बताइन् । उनले भनिन्–‘मैले सलमानलाई धोका दिएको होइनँ । मैले उनीसँग सल्लाहा गरेर नै चलचित्र छाडेको हुँ ।’

उनले सलमान आफ्नो बिबाह पार्टिमा सहभागी भएको कुरा पनि बताएकी छिन् । उनले थपेकी छिन्–‘सलमान हाम्रो बिबाहको पार्टिमा पनि आएका थिए । उनको बहिनी मेरो मिल्ने साथी भएका कारण पनि म उनको घर पुगिरहेकी हुन्छु । हामीबीच कुनै पनि दुश्मनी छैन ।’सलमान मिहिनेती भएको भन्दै प्रियंकाले उनीसँग काम गर्न आफू सधै नै तयार रहने बताइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

कालिका टाईम्स

वीरगंजमा भोजपुरी सिने अवार्ड हुँदै

कालिका टाईम्स

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.836 sec. Memory consumption:72.21 mb
Send this to a friend