KALIKATIMES.COM

जितिया पर्वको अवसरमा पकहा मैनपुरमा झन्डा मेला भव्य रुपमा सम्पन्न

पोखरिया, १८ असोज ।

पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं. ५, पोखरियामा बुधबार झन्डा मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विगत २० बर्ष देखि जितिया पर्वको अवसरमा लाग्दै आएको मेला यस बर्ष पनि शान्ति पुर्ण रुपमा सम्पन्न भएको हो ।

मेलामा लाठीफाटा खेल खेल्दै गाउँलेहरुले बाजागाजा सहित गाउँ परिक्रमा गरी मेला स्थलमा पुगेका थिए । मेलाको एक कार्यक्रमका बिच वडा नं. ५ का वडा अध्यक्ष लेकमन पटेलले रिबन काटेर उदघाटन गरेका थिए ।

मेलामा नाचगान, खेलतमासा, कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको थियो । मेलामा प्रहरी चौकी सबैठवा र सिमा सुरक्षा बल सबैठवाका प्रहरीहरुले शान्ति सुरक्षाको लागि खटेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:4.389 sec. Memory consumption:71.95 mb
Send this to a friend