KALIKATIMES.COM

पहिलादेखि कुनै राेग नभए काेराेनालाई सजिलै जित्न सकिन्छ : सचिव सिंह

वीरगञ्ज । नेपाल विद्यार्थी संघ पर्साका सचिव राेशन सिंह काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । १२ दिनमा काेराेना मुक्त भएका सचिव सिंह काेराेना भाइरस उच्च मनाेबल र आत्मविश्वासले जित्न सकिने वताउन्छन् ।

‘सुरुमा रिपोर्ट पोजेटिभ आयो भनेर सुन्दा अलि मन घबरायो तर उच्च आत्मबल र हिम्मतले कोरोना जित्न सकिन्छ भनेर पढेको र सुनेको कारण आफ्नो मनलाई अलिकति शान्त गरे,’ सिंह सुनाउँछन्, त्यसपछि आत्मबल उच्च राख्दै १२ दिन मै काेराेना परास्त गर्न सफल पनि भए । 

१२ दिन सम्म हाेम आइसाेलेसनमा बसेका सिंह डाक्टर निरज सिंहकाे सल्लहा अनुसार पोषिलो खाने कुरादेखि नियमित व्यायाम समेत गरे । दिनमा धेरैभन्दा धेरै पटक तातो पानि खाने गरेको उनि बताउँछन् र ताताे पानी मै गिल्याेकाे कढा बनाएर खाँए ।

ज्वराे र खाेकी लागेपछि पिसिआर टेस्ट गराउदा नतिजा पाेजिटिभ आएपनि आफुलाई काेराेनाकाे कुनै प्रकारको लक्षण नभएको कारण आफु हाेम आइसाेलेसन मै बसेकाे उनलेे सुनाए । खाना खान आत्मा नगरे पनि माैसमीकाे जुस, गिल्याेकाे कढा र दुधमा बेसार हालेर खाएकाे उनी वताउँछन् ।

सिंंहले पहिलादेखी कुनै राेग नभए उच्च मनोबल, हिम्मत, नियमित व्यायाम र पौष्टिक खानपानले कोरोनालाई सजिलै पराजित गर्न सकने वताए । उनले संक्रमण हुँदैमा नआत्तिनु अनुरोधसमेत गरे । 

वीरगञ्जवासीलाई सिंहले पूर्ण सतर्कता अपनाउँदै कोरोनाबाट जोगिन आग्रह गरेका छन् । तर कुनै काराणवास संक्रमणको चपेटमा आएपनि नआत्तिएर उच्च आत्मबलका साथ् आफुलाई मानसिक रुपले स्थिर बनाउन उनकाे अनुरोध छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

९ लाख ९० हजार बराबरका लत्ताकपडा तथा औषधी पक्राउ

कालिका टाईम्स

धाेबिनी गाउँपालिकामा पुन: आगलागी, ५ वटा घर जलेर नष्ट

कालिका टाईम्स

राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न, खेलकुदको विकास हुनुपर्छ : मेयर सिंह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.879 sec. Memory consumption:72.42 mb
Send this to a friend