KALIKATIMES.COM

अबकाे आन्दाेलन ज्वालामुखी सरह : अध्यक्ष यादव

समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले अबकाे आन्दाेलन भयानक र ज्वालामुखीकाे आन्दाेलन हुन सक्ने वताएका छन् । कालिका टाईम्स सम्बादमा कुराकानी गर्दै अध्यक्ष यादवले अहिले पनि सत्तासिन दलले मधेशी, जनजाति, मुस्लीम र दलितलाई हेर्ने दृष्टिकाेण फरक भएन भने पहिचान कै लागि मधेश माेमेन्ट भडक्याे भने देशले धान्न नसक्ने खाले हुन सक्ने र त्यसकाे सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने वताएका हुन् ।

आन्दाेलनकाे स्वरुप बारे अहिले पार्टी तय नगरि सकेकाे वताउदै अध्यक्ष यादवले आन्दाेलन हुने सम्भावना पार्टी छाेडि नसकेकाे वताएका हुन् । पार्टी संबिधान संसाेधन कै लागि सरकारमा गएकाे दावी गर्दै उनले संविधान संसाेधन नहुने सम्भावना देखिए पछि सरकारबाट पार्टी बाहिरिएकाे दावी गरेका हुन् ।

अक्राे प्रस‌ंगमा कुरा गर्दै अध्यक्ष यादवले तल देखी माथी सम्मकाे सम्पूर्ण निकाय भ्रष्ट भएका कारण भ्रष्टचार बढेकाे वताएका हुन् । कुनै निकाय पनि स्वच्छ नभएका कारण भ्रष्टचार बढेकाे उनकाे भनाई छ । संघ सरकारकाे तुल्नामा प्रदेश सरकार कम भ्रष्ट रहेकाे उनले वताएका हुन् ।

केमरा म्यान जाकिर हुसेनकाे साथमा अनिल साहले गरेकाे कुराकानी भिडियाेमा हेर्नुहाेस् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स

स्वतन्त्र र निष्पक्ष चुनाव

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:188. Generation time:3.155 sec. Memory consumption:72.23 mb
Send this to a friend